धनकुटामा फौजीकिराको प्रकोप
gorkhapatraonline.com · Thu Jun 18 04:03:44 GMT 2026

धनकुटाका किसानले लगाएको मकै खेतीमा अमेरिकन फौजीकिराले प्रकोपले नष्ट भएपछि धनकुटाका किसान चिन्तित भएका छन् । पछिल्लो केही समययता मकैबालीलगायत हरियो बालीमा फौजीकिराको प्रकोप दिनानुदिन बढ्दै गएका कारण बालीमा क्षति पु-याएपछि धनकुटाका किसान चिन्तित भएका हुन् ।
अमेरिकी फौजीकिरा करिब सात वर्षअघि अमेरिका, अफ्रिका र भारतहुँदै नेपाल आइपुगेको पाइन्छ । नेपालको तराई र पहाड क्षेत्रको मौसम फौजीकिराका लागि उपयुक्त रहेको पाइन्छ । फौजीकिराले धनकुटामा बर्सेनि मकैबालीलगायत हरियो बालीमा असर गर्दै आएको छ । किराको आक्रमणका कारण मकै सुक्ने र ढल्ने गरेकाले समस्या भएको धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित दियालेका कृषक देवेन्द्रबहादुर निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी प-यो दुःखले खनजोत गरी मकैबाली त लगायौँ तर बिउ पनि नउठ्ने भयो । कृषकले लगाएको खान त परको कुरा भयो फौजीकिराको प्रकोपले मकैबारीमै सुकेर गएका छन् । मकैमा विषादी लगाउँदा पनि रोकथाम हुन सकेन थोरैतिनो भए हुन्थ्यो ८–१० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली विषादी लाउन पनि सम्भव नहुँदो रहेछ, निरौलाले गुनासो गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)