दुर्घटनामा घाइते युवकको मृत्यु
gorkhapatraonline.com · Thu Jun 18 04:05:29 GMT 2026

दुर्घटनामा घाइते भएका तनहुँका एक युवकको मृत्यु भएको छ । व्यास नगरपालिका वडा ४ निवासी अरुण न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका न्यौपानेको काठमाडौँस्थित अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो । गत शुक्रबार पृथ्वीराजमार्गमा पोखराबाट आफ्नो घर दमौली फर्कने क्रममा उहाँ सवार स्कुटर शुक्लागण्डकी नगरपालिकाको सेरामा दुर्घटनामा परेको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते हुनुभएका न्यौपानेलाई तत्काल उद्धार गरी पोखरा लागिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)