फिफा विश्वकपमा कोलम्बिया विजयी
neplays.com · Thu Jun 18 04:07:00 GMT 2026
काठमाडौं। विश्वकपमा कोलम्बियाले विजयी सुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा उज्बेकिस्तानविरुद्धको खेलमा कोलम्बिया ३-१ ले विजयी भएको हो ।
खेलको पहिलो हाफमा कोलम्बोका ड्यानियल मेन्जोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
६० औँ मिनेटमा उज्बेकिस्तानले विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गर्दै खेललाई बराबरीको स्थितिमा ल्यायो। उज्बेकिस्तानका लागि अब्बोसेक फैजुलेभले गोल गरेका थिए ।
६५ औँ मिनेटमा कोलम्बियाका लुइस डियाजले गोल गर्दै नतिजा २-१ मा पुर्याए। अन्तिम क्षणमा ज्यामिन्ट क्याम्पाजले गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याएका हुन् ।
जितसँगै कोलम्बियाले तीन अंक जोडेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
फिफा
काठमाडौँ