प्रधानमन्त्री राहत कोषमा यशोदा फुड्स र श्रीराम टोबाकोको ३ करोड ५१ लाख ५१ हजार नगद सहयोग
lokaantar.com

हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा ३ करोड ५१ लाख ५१ हजार (तीन करोड एकाउन्न लाख एकाउन्न हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेका छन्।
उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)