घानासँग पानामा पराजित
hamrokhelkud.com · Thu Jun 18 04:14:35 GMT 2026

घानासँग पानामा पराजित
एजेन्सी – क्यानडाको टोरन्टोमा भएको फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को खेलमा घानाले पानामालाई १-० ले हराएको छ।
खेल गोलरहित बराबरीतर्फ अघि बढिरहेको अवस्थामा घानाका कालेब यिरेन्कीले इन्जुरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे। ब्रान्डन थोमस-असान्टेको पासमा यिरेन्कीले नजिकबाट गोल गर्दै घानालाई महत्वपूर्ण जित दिलाए।
पानामा इतिहासमै पहिलो पटक विश्वकपमा अंक जोड्ने नजिक पुगेको थियो। तर अन्तिम क्षणमा गोल खाँदा टोली निराश बन्न पुग्यो।
खेलको सुरुमै पानामाले गोल गर्ने राम्रो अवसर पाएको थियो। तर घानाका गोलकिपर लरेन्स अटी जिगीले उत्कृष्ट बचाउ गरे। दोस्रो हाफमा पनि पानामाले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।
घानाका मुख्य गोलकिपर जिगी चोटग्रस्त भएपछि दोस्रो हाफमा बेन्जामिन असारेले पोस्ट सम्हालेका थिए। उनले पनि महत्वपूर्ण बचाउ गर्दै टोलीलाई जिततर्फ डोर्याए।
यो जितसँगै घानाले विश्वकपमा महत्वपूर्ण ३ अंक जोडेको छ। अब घानाले अर्को खेलमा इंग्ल्यान्डसँग खेल्नेछ भने पानामाले क्रोएसियाको सामना गर्नेछ।
घानाका लागि जित दिलाउने गोल गर्ने यिरेन्की र अवसर सिर्जना गर्ने ब्रान्डन थोमस-असान्टे खेलका मुख्य आकर्षण बने। थोमस-असान्टे प्लेयर अफ द म्याच घोषित भए।
Latest News
घानासँग पानामा पराजित
June 18, 2026
केनको २ गोलमा इंग्ल्यान्डको विजयी सुरुआत
June 18, 2026
पोर्चुगललाई डिआर कंङ्गोले बराबरीमा रोक्यो
June 18, 2026
All Latest News
Popular News
घानासँग पानामा पराजित
June 18, 2026
केनको २ गोलमा इंग्ल्यान्डको विजयी सुरुआत
June 18, 2026
पोर्चुगललाई डिआर कंङ्गोले बराबरीमा रोक्यो
June 18, 2026
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)
फिफा