धनलक्ष्मी स्मृति स्क्वास हुने
ekantipur.com · Sat Jul 30 01:21:14 GMT 2022
काठमाडौँ — चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अर्को साता हुने भएको छ । सोमबार सुरु हुने प्रतियोगिता साउन २१ सम्म चल्नेछ । प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनको आयोजनामा हुन लागेको हो । प्रतियोगितालाई लिएर शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कुल ५ स्पर्धामा प्रतिस्पर्धा हुने बताइएको थियो ।
त्यसमा पुरुष खुला, महिला खुला, मास्टर्स खुला (५० वर्षमाथि), जुनियर ब्वाइज र प्लेट स्पर्धा रहेका छन् । नेपाल स्क्वास र्याकेट संघका अध्यक्ष किशोर महर्जनले प्रतियोगिताको प्रायोजन गरेका छन् । प्रतियोगिताका लागि फाउन्डेसनले १ लाख ३५ हजार रुपैयाँ नगद पुरस्कार लागि प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)