मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषधसहित एक युवक पक्राउ

gorkhapatraonline.com · Thu Jun 18 04:17:46 GMT 2026

बैतडीमा लागुऔषध खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका–४ गोठलापानीबाट १४० मिलिग्राम खैरौ हेरोइनसहित सोही ठाउँका ३१ वर्षीय प्रवीन भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

भट्टलाई बुधबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ ।पक्राउ परेका भट्टमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सिंहको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)