मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप: उज्बेकिस्तानलाई हराउँदै कोलम्बियाको विजयी सुरूवात

clickmandu.com · Thu Jun 18 04:24:58 GMT 2026

काठमाडौं । कोलम्बियाले उज्बेकिस्तानलाई ३-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।

मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे ।

यस्तै विश्वकपमा डेब्यु गरेको उज्बेकिस्तानको लागि अब्बोसबेक फेजुल्लाएभले गोल गरे ।

यो जितपछि कोलम्बिया ३ अंकसहित समूह के को शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय