मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मल अभाव : सरकार भन्छ– छ, किसान भन्छन्– छैन

annapurnapost.com · Thu Jun 18 04:17:07 GMT 2026

काठमाडौं : सरकारले असारसम्म पुग्ने मल रहेको बताउँदै आएको छ तर किसानहरू मल नपाएको अवस्था छ। संसद्मा समेत मल अभावको विषय दिनहुँ आवाज उठिरहेको छ। बुधबारको प्रतिनिधिसभामा सत्तारूढ दलकै सांसदहरूले मल अभावको विषय उठाएका छन्।

रास्वपा सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। उनले किसानले मलको अभावबारे व्यहोर्न परेको समस्याप्रति सरकारको ध्यान आकृष्ट गरेकी छन्। उनले भनिन्, ‘मल उपलब्ध नहुँदा उत्पादनमा कमी आउने, किसानको लागत बढने तथा खाद्य सुरक्षामा नै असर पर्न जाने अवस्था सिर्जना भएको छ। त्यसैले सभामुख महोदयमार्फत गोरखा जिल्लालगायत सबै ठाउँमा मलको आपूर्ति सुनिश्चित गरियोस्।’ उनले खेतीको समयमा किसानले मलको अभाव व्यहोर्दा पनि सरकारले उक्त समस्या समाधानका लागि चासो दिन नसकेको गुनासो गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय