मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कहिले तंग्रिएलान् छोटी भन्सार ?

ekantipur.com · Sun Aug 21 00:49:18 GMT 2022

लुम्बिनी — बाँकेको नरैनापुर–४ स्थित छोटी भन्सार ०३५ सालसम्म जिल्लाको चल्तीको नाका थियो । यही नाका भएर सामान आयात निर्यात हुन्थ्यो । अहिले छोटी भन्सार परिसर चरन क्षेत्र बनेको छ । गोठजस्तै देखिन्छ । भन्सारको जीर्ण भवनमा स्थानीयले वस्तुभाउ बाँध्ने गरेका छन् । नरैनापुर–५, मटैयाका रामनिवास यादवले आफू बुझ्ने भएदेखि भन्सारका भवनमा वस्तुभाउ बाँधेको देखेको बताए । ‘पहिला साइकल अनि रेडियोको भन्सार गरिन्थ्यो,’ उनले भने, ‘अहिले मनपरी छ । मन लागेका बेला चाहिएको सामान ल्याए हुन्छ ।’

दाङको कोइलाबास नाकामा रहेको नेपाल–भारत प्रवेशद्वार । तस्बिर : दुर्गालाल/कान्तिपुर

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)