मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अब च्याटजीपीटीबाट तयार पारिएका फोटो सहजै पत्ता लगाउन सकिने

techpana.com · Mon May 25 08:52:49 GMT 2026

काठमाडौँ । अब च्याटजीपीटीको सहयोगमा तयार पारिएका तस्विरहरू सहजै पहिचान गर्न सकिने भएको छ । ओपन एआईले C2PA नामक एक खुला मापदण्ड अपनाउने प्रतिबद्धता जनाएसँगै एआई तस्विर छुट्याउन सहज हुने भएको हो ।

पछिल्लो समय एआई तस्विर सिर्जना गर्ने उपकरणहरूको व्यापक उपलब्धता र बढ्दो गुणस्तरका कारण कुनै पनि तस्विर वास्तविक हो वा कृत्रिम (एआई) हो भनेर छुट्याउन निकै चुनौतीपूर्ण बनेको छ । यसै समस्याको समाधानमा कम्पनीले तस्विरको मेटाडेटामा एउटा स्पष्ट सङ्केत थप्नेछ । जसले उक्त तस्विर एआईद्वारा सिर्जित भएको जानकारी दिनेछ । यसका साथै कम्पनीले गुगलसँगको साझेदारीमा सिन्थ आईडी नामक एक अदृश्य वाटरमार्क पनि प्रयोगमा ल्याउने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)