महालेखाको औंल्यायो कैफियत : वातावरण विभागको सवारी प्रदूषण अनुगमन अधुरो
annapurnapost.com · Thu Jun 18 04:23:54 GMT 2026

काठमाडौं : वातावरण विभागले गर्दै आएको सवारी प्रदूषण अनुगमनले वास्तविक अवस्थाको यथार्थ चित्रण गर्न नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
महालेखाको ६३औं प्रतिवेदनले प्रदूषण परीक्षण पर्याप्त मात्रामा नभएको, समय र क्षेत्रको नमुना न्यून रहेको तथा दुईपांग्रे सवारी साधनलाई अनुगमनमा नसमेटिएकाले समग्र अवस्था दुरुस्त आउन नसकेको औंल्याएको हो। प्रतिवेदनले स्थानीय तहहरूसँग समन्वय गरी परीक्षणको दायरा बढाउन र सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि प्रभावकारी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)