उपभोक्ता अधिकार र वास्तविकता
rajdhanidaily.com · Thu Nov 09 23:30:53 GMT 2023
हामीले उपभोग गर्ने हरेक सामान खरिद गर्दा जहिले पनि सजग हुनुपर्छ । वस्तुहरू किन्दा कम्पनीको नाम, वस्तुको परिमाण, उत्पादन मिति, मूल्य, म्याद सकिने मिति, गुणस्तर चिह्न प्राप्त भए नभएको, सिल बन्द गरिएको वा नगरिएको जस्ता प्रत्यक्ष रूपमा उपभोक्तासँग जोडिएका सवालमा ध्यान दिनुपर्छ । पछिल्लो समय बजारमा उपभोग्य सामग्रीको मूल्य उच्च भएका कारण आमउपभोक्ता मारमा परेका छन् । उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणका लागि सरकारले विभिन्न संस्थाको स्थापना गरे पनि ती संस्थाले अपेक्षित कार्य गर्न नसक्दा आमउपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । उपभोक्ता दोहोरो मारमा परिरहेका छन् । वस्तुको मूल्य उच्च रहनु एउटा समस्या छ भने अर्को मिसावटयुक्त सामान बिक्री वितरणका कार्यले पनि उपभोक्ता ठगिएका छन् ।
नेपालको संविधान २०७२ को धारा ४४ मा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था गरिएको छ । उपभोक्ताहरूको स्वास्थ्य संरक्षण गर्न र हक हित सुरक्षित राख्न धेरै वर्षदेखि कानुनी रूपमा पनि व्यवस्था गरिएको देखिन्छ । हाम्रो सन्दर्भमा कानुनहरू भए पनि त्यसको प्रभावकारी कार्यान्वयन पक्ष कमजोर भएका कारण आमउपभोक्ताको हकहित संरक्षणमा समस्या देखिएको छ । आमउपभोक्ताको हकहित संरक्षणको कार्य सर्वप्रथम १५ मार्च १९६३ मा अमेरिकाबाट सुरु गरियो । यसैकारण हरेक वर्ष १५ मार्चमा नेपालमा पनि यस दिनलाई उपभोक्ता संरक्षण दिवसका रूपमा मनाउने गरिन्छ । पछिल्लो समय नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को व्यवस्था गरियो । जसमा उपभोक्ताको जिउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पु¥याउने उपभोग्य वस्तु तथा सेवको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकारको स्पष्ट व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)