आरोहीले खचाखच मनास्लु आधार शिविर
annapurnapost.com · Thu Sep 10 03:39:09 GMT 2026
गोरखा : शरद ऋतुमा सबैभन्दा धेरै आरोहण गरिने मनास्लु हिमालको आधार शिविर यतिबेला आरोहीले खचाखच भरिएको छ। यो ऋतुमा आरोहण गर्ने अनुमति लिएका २९ टोलीका ३ सय ४८ जना आरोही तथा उनीहरूका सहयोगीले बेसक्याम्प खचाखच भरिएको बेसक्याम्प नजिकै रहेको सामागाउँका मिङ्मार छिरिङ लामाले जानकारी दिए।
चुमनुब्री गाउँपालिका–१ स्थित ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ३ सय ४८ जनामध्ये धेरैजसो आरोहीहरू नजिकको बस्ती सामागाउँमा आइसकेका छन्। ‘अधिकांश आरोहीहरू काठमाडौं तथा आर्खेत, सोती, आरुघाटबाट हेलिकप्टर चार्टर गरी सामागाउँ आउने गर्छन्’, उनी भन्छन्, ‘कोही मनाङतिरबाट हिँडेर पनि आउने गर्दछन्।’ आरोहीका लागि प्रयोग हुने सामानहरू पनि हेलिकप्टरभित्र राख्न मिल्ने सामान हेलिकप्टरले नै र लामा तथा ठूलो साइजका सामान खच्चडलाई बोकाएर सामागाउँसम्म पुर्याउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)