रुपन्देहीमा बेवारिसे अवस्थामा भेटिए दुई वटा भारतीय कार, भन्सार बुझाइयो
ratopati.com · Thu Jun 18 04:36:25 GMT 2026

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–०६ स्थित सहिदपथबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा सडकमा राखिएका ती कारहरू फेला पारेर आफ्नो नियन्त्रणमा लिएको हो।
सवारी साधन बरामद गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोली परिचालन भएको थियो। प्रहरीले खोजतलास तथा जाँच गर्ने क्रममा फेला पारेका ती कारहरूको धनी वा चालक भने आसपास कतै भेटिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)