मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानलाई अनुदानमा मौरीघार वितरण

gorkhapatraonline.com · Thu Jun 18 04:36:04 GMT 2026

गोरखा नगरपालिका-११ ले किसानलाई अनुदानमा मौरीघार वितरण गरेको छ ।

बिहीबार वडा भित्रका किसानका व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० घरपरिवारलाई मौरीघार वितरण गरिएको हो ।

वडा भित्रका कृषक तथा इच्छुक घरपरिवारलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रममा प्रत्येक परिवारलाई मौरीघार हस्तान्तरण गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनुभयो ।

नगरपालिका भित्रका किसानलाई कृषि तथा पशुपालनमा विशेष जोड दिदैँ आएको छौ, गोरखा नगरपालिकाका नगर प्रमुख रानाले भन्नुभयो, “मौरीपालनलाई ग्रामीण आयआर्जनको प्रभावकारी माध्यमका रुपमा विकास गर्दै स्थानीय सरकार उत्पादनमुखी कार्यक्रम ल्याउन लागि परेको परेका छौँ ।”

मौरीपालनबाट मह उत्पादनमा वृद्धि वातावरणीय सन्तुलन कायम गर्न तथा कृषकको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

मौरी पालन कम लगानीमा सञ्चालन गर्न सकिने र राम्रो आम्दानीको सम्भावना रहेको व्यवसाय भएकाले कृषकलाई यसतर्फ आकर्षित गर्न कार्यक्रम ल्याइएको वडा अध्यक्ष राम बहादुर खड्काको भनाइ छ ।

वडा अध्यक्ष खड्काले कृषको आर्थिक अवस्था सुदृढ बनाउन र व्यावसायिक मौरीपालन विस्तार गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

वडा कार्यालयले वितरण गरिएका मौरीघारको प्रभावकारी उपयोग गर्दै उत्पादन वृद्धि गर्न कृषकलाई आग्रह समेत गरेको छ ।स्थानीयबासीले वडाले सञ्चालन गरेको कार्यक्रमले मौरीपालन व्यावसाय विस्तार गर्न ठुलो सहयोग भएको बताएका छन् ।

कृषिमै आधारित अधिकांश परिवार रहेको वडा नम्बर ११ मा मौरीपालन प्रबद्र्धनको लागि गरिएको यो पहलले स्थानीयले सकारात्मक रुपमा लिएका छन् ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने नगरप्रमुख कृष्णबहादुर राना मगर वडा अध्यक्ष राम बहादुर खड्का, तथा वडा परिवार प्रति मौरीघार लिन आउने सहभागीले आभार व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)