मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

देश

नेकपामा विवाद : झलनाथले पठाए प्रचण्डलाई पत्र, ‘पार्टी खोरजस्तै भयो’

annapurnapost.com · Thu Jun 18 04:26:41 GMT 2026

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावुक पत्र लेख्दै आफूलाई पार्टीभित्र ‘खोरजस्तै अनुभूति’ भएको बताएका छन्। जिम्मेवारी नदिइएको भन्दै उनले तीव्र असन्तुष्टि पनि व्यक्त गरेका छन्।

पत्रमा खनालले लेखेका छन्, ‘नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध भएको दिनदेखि आजसम्म सात महिना पूरा हुन लागेको छ। म पूर्ण रूपमा जिम्मेवारीविहीन बनाइएको छु। आखिर तपाईंजस्तै एउटा नेतालाई एउटा जिम्मेवारी पनि दिन सक्नुहुन्न, पार्टीको हितमा निर्णय लिन सक्नुहुन्न र समितिको भावनाअनुसार जिम्मेवारी पनि दिन सक्नुहुन्न भने मलाई एकतामा आउन त्यत्रो आग्रह किन गर्नुभयो ? ’

प्रचण्डले अरूको कुरा सुनेर आफूलाई जिम्मेवारीविहीन बनाएको आशंका पनि खनालले व्यक्त गरेका छन्। ‘मैले विगतका कुरा अध्ययन गर्दा तपाईं अरू कसैले कान भरेको आधारमा काम गर्ने व्यक्ति जस्तो लाग्दैनथ्यो। तर अहिले तपाईंलाई कुन बाध्यता छ ? कुन विवशता छ ? केको दबाब छ ? किन मलाई जिम्मेवारी दिन सक्नुहुन्न ? तपाईं अरू केहीलाई लिएर देशका विभिन्न स्थानमा गइरहनु भएको छ। तर एउटा नेतालाई जिम्मेवारीविहीन बनाएर घुम्दा तपाईंलाई कति आनन्द आइरहेको छ ? मैले यो पार्टीमा धूप हालेर बस्ने कि ? पूजा गरेर बस्ने ?’ उनले लेखेका छन्।

आफूले ठूला राजनीतिक दल निर्माण तथा नेतृत्व गरिसकेको स्मरण गराउँदै खनालले लेखेका छन्, ‘म आफैं ठूला–ठूला पार्टी निर्माण, सञ्चालन र नेतृत्व गरेर आएको नेता हुँ। तपाईंले मसँग यस्तो आश्चर्यजनक व्यवहार किन गरिरहनुभएको छ ? यो तपाईंको व्यक्तिगत इच्छा हो कि कुनै व्यक्ति वा गुटले यस्ता काम गर्न विवश बनाइरहेको छ ? म वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा सक्रिय रहने नेता हुँ। अझै १०–१५ वर्ष सक्रिय रहनेछु। तर अहिले यो पार्टी मेरा निम्ति खोरजस्तै अनुभूत भएको छ।’

माधव नेपालप्रति पनि असन्तुष्टि पार्टीभित्र देखापरेका वैचारिक, संगठनात्मक तथा नैतिक समस्यालाई केन्द्रमा राख्दै खनालले विस्तृत पत्र सार्वजनिक गरेका छन्। आफू वाम एकताका कट्टर पक्षधर भए पनि नेकपा (एकीकृत समाजवादी) को चारवर्षे अनुभवको समुचित समीक्षा नगरी गरिएको एकताले जोखिम निम्त्याउने चेतावनी आफूले पहिल्यै दिएको उल्लेख गरेका छन्।

पत्रमा उनी पार्टीका सहसंयोजक माधवकुमार नेपालप्रति पनि असन्तुष्ट देखिएका छन्। ‘उहाँले पार्टी विभाजनको औचित्य पुष्टि गर्न सक्नुभएको थिएन। त्यो पार्टीमा वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा अनेक विकृति थुप्रिएका थिए। ती विकृतिको समीक्षा नगरी र नहटाई अर्को समूहसँग एकता गर्दा तिनै विकृति त्यहाँ पनि सर्ने खतरा मैले देखेको थिएँ,’ उनले पत्रमा उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

टिप्पणीहरू