मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलम्बियाको विजयी सुरुवात

nepalnews.com · Thu Jun 18 04:39:09 GMT 2026

काठमाडौं। विश्वकप फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ।

मेक्सिको सिटी स्टेडियममा उज्बेकिस्तानविरुद्धको खेलमा कोलम्बिया ३-१ ले विजयी भएको हो।

डेनियल मुनोजले ४०औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेन।

उज्बेकिस्तानले ६०औँ मिनेटमा गोल फर्काएको थियो। उक्त समयमा उज्बेकिस्तानका लागि अबोस्बेक फैजुल्लाएभ गोल गरेका थिए।

६५ औँ मिनेटमा कोलम्बियाका लुइस डियाजले गोल गर्दै नतिजा २-१ मा पुर्‍याए। इन्जुरी टाइमको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियालाई ३-१ को जित दिलाए ।

यो जितपछि कोलम्बिया ३ अंकसहित समूह के को शीर्ष स्थानमा उक्लेको छ। यसै समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय