मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
ajakoartha.com · Mon May 25 09:13:00 GMT 2026

काठमाडौं- मेडिकल व्यवसायी एवंम् राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
सोमबार जिल्ला सरकारी वकिलको कार्यालय पर्साले प्रसाईंविरूद्ध दुई वटा कसुरमा अदालतमा मुद्दा दर्ता गरेको हो। कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताका अनुसार प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)