मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यौनहिंसाका सर्भाइभर दोहोरो द्वन्द्वमा परे

onlinekhabar.com · Thu Jun 18 04:39:19 GMT 2026

विस्तृत शान्ति सम्झौता भएको दुई दशक बित्न लाग्दा पनि सशस्त्र द्वन्द्वको घाउमा मल्हम लगाउने सङ्क्रमणकालीन न्याय अझै निष्कर्षविहीन छ। यस बीचमा बागमतीमा धेरै पानी बगिसक्यो , राजनीतिक उतारचढावका अनेकौं शृङ्खला चले, तर राज्य सबैभन्दा संवेदनशील विषय, युद्धमा यौनहिंसा भोगेका सर्भाइभरहरूको न्यायकै मुद्दामा सबैभन्दा बढी चुक्यो। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित करिब ८० हजार उजुरीमध्ये ४ हजारभन्दा बढी तिनै संवेदनशील मुद्दा हुन्, जसका कथा सुन्दा मात्रै पनि जोकोहीलाई विक्षिप्त (ट्रमाटाइज) बनाउँछ।

२० वर्षसम्म राज्यबाट ‘पीडित’ कै पहिचान समेत नपाएका यी सर्भाइभरहरू एकातिर समाजको दोहोरो लाञ्छना खेप्न बाध्य छन् भने अर्कोतिर क्यान्सर, पाठेघर खस्ने समस्या र डिप्रेसन जस्ता गम्भीर स्वास्थ्य सङ्कटसँग लडिरहेका छन्। कतिपयले न्याय र उपचारको आशामै प्राण त्यागिसके, बाँचेकाहरू अझै न्यायको पर्खाइमा तड्पिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)