मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उज्वेकिस्तानमाथि कोलम्बियाको जित

setopati.com · Thu Jun 18 04:47:00 GMT 2026

फिफा विश्वकप २०२६ मा कोलम्बियाले विजयी सुरूवात गरेको छ।

बिहीबार बिहान उज्वेकिस्तानलाई ३-१ गोलले पराजित गर्दै कोलम्बियाले जारी विश्वकपमा सुखद सुरूवात गरेको हो।

मेक्सिको सिटी स्टेडियममा खेलको ४० मिनेट ड्यानियल म्युनजले गोल गरी कोलम्बियालाई सुरूवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६० मिनेटमा उज्वेकिस्तानका अब्बोसबेक फैजउल्लेभले ६० मिनेटमा बराबरी गोल फर्काए।

६५ मिनेटमा कोलम्बियाका लुइस डियाजले गोल गरी फेरि टोलीलाई अग्रता दिलाए।

अन्तिम मिनेट (९०+९)मा जेमिन्टन कम्पाजले गोल गरेपछि कोलम्बिया ३-१ गोलले विजयी भएको हो।

जितसँगै कोलम्बियाले ३ अंक जोडेको छ।

यही समूहबाट पोर्चुगल र कंगोले गएराति १-१ अंक बाँडे। कंगो दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ भने उज्वेकिस्तान पुछारमा छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय