मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोलामा डुबेर बालिकाको मृत्यु

baahrakhari.com · Thu Jun 18 04:47:01 GMT 2026

गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–९, देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ । बुधबार (असार ३) दहमा डुबेर देवधारकी आयुसा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बालिकाको शव बुधबार राति नै परीक्षणका निम्ति उदयपुर जिल्ला अस्पतालमा ल्याएर शवगृहमा राखिएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए । रासस

#मृत्यु

#खोला

#उदयपुर

#बालिका

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)