मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

देश

यस्तो छ रास्वपा महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड

bishowkhabar.com · Thu Jun 18 04:55:31 GMT 2026

काठमाडौं– रास्वपाले आगामी साता चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड तय गरेको छ ।

अधिवेशन हुन नसकेको मधेश प्रदेशलाई समेत समेट्दै प्रदेश समिति, आयोग, विभाग, जिल्ला, निर्वाचन क्षेत्र र पालिका तहबाट प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ ।

जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाबाट सभापतिसहित तीन जना र पालिका अधिवेशन सम्पन्न भएका पालिकाबाट एक जना प्रतिनिधि सहभागी हुन पाउनेछन् ।

अधिवेशन नभएका तहमा भने संयोजक वा सभापतिलाई मात्र प्रतिनिधित्वको अवसर दिइने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

टिप्पणीहरू