संखुवासभामा चट्याङ लागेर युवकको मृत्यु, २ ज्येष्ठ नागरिक गम्भीर घाइते
kendrabindu.com · Thu Sep 10 04:06:04 GMT 2026

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पाँचखपन-८ पोख्राङमा गएराति वर्षासँगै परेको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते भएका छन्।
पाँचखपन-८ पोख्राङमा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। हुरी-वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरेलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)