रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ
ratopati.com · Mon May 25 09:30:20 GMT 2026

काठमाडौँ । काठमाडौँको कालीमाटी स्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारीकी अध्यक्ष ४० वर्षीया शिला श्रेष्ठ र कोषाध्यक्ष ३५ वर्षीया खिलमाया रिजाललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए।
उनीहरुले सहकारीको ९२ लाख रकम अपचलन गरेको आरोप छ । उनीहरुहरूमाथि प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)