थप २ जनामा हैजा पुष्टि
thahakhabar.com
काठमाडौं : काठमाडौंमा हैजाका २ जना बिरामी थपिएका छन्। काठमाडौं कलंकीका २ जना पुरुषमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।
उनीहरुको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार भइरहेको दासले बताए। आज थपिएकासहित काठमाडौंमा हैजा संक्रमित हुनेको संख्या १४ पुगेको छ। यसअघि हैजा भएर अस्पताल भर्ना भएका सबै १२ जना नै डिस्चार्ज भइसकेका दासले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)