पत्रकार महासङ्घको अध्यक्षमा शर्मा र महासचिवमा दाहाल निर्वाचित, कसले कति पाए मत ?
nepalpress.com · Sun Dec 15 17:31:43 GMT 2024

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्ष निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । शर्माले विष्टलाई एक हजार बढि मतको अन्तरमा पराजित गरेकी हुन् । अध्यक्षका अर्का उम्मेदवार देवी प्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)