मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान

nagariknews.nagariknetwork.com · Thu Jun 18 05:01:47 GMT 2026

कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार अनुदान दिएको छ। किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाका छवटै वडामा फर्म दर्तागरी भैँसीपालन गर्दै आउनुभएका १० जना किसानलाई प्रतिभैँसी ५० हजारका दरले अनुदान प्रदान गरिएको पशु शाखा प्रमुख धर्मराज भट्टले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)