वर्षा, चट्याङ तथा गर्मीजन्य जोखिमबाट बच्न विभागको अनुरोध
bishowkhabar.com · Thu Jun 18 05:05:15 GMT 2026

काठमाडौं– हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।
यसको असरले कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ ।
असार ४ देखि ६ गतेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
कोशी प्रदेशका तराई क्षेत्र र केही समय मधेश प्रदेशका तराई क्षेत्रमा समेत मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।
यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा तातो दिन रहने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
विभागले वर्षा, चट्याङ तथा गर्मीजन्य जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
मधेस प्रदेश
मौसम