संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
nepalnews.com · Thu Sep 10 04:18:39 GMT 2026

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पाँचखपन –८ पोख्राङमा गए राति वर्षासँगै आएको चट्याङ लागेर अलैंची केलाउँदै गरेका एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
पाँचखपन–८ पोख्राङमा भट्टीमा अलैंची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। हावाहुरी वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)