निर्वाचनको सुनिश्चितता र जेनजीको माग सम्बोधन गर्न सरकारसँग रास्वपाको आग्रह
ratopati.com · Sun Dec 21 18:38:25 GMT 2025

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतबाट निस्किए लगत्तै आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हो। पार्टीका नेताहरू डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र सोविता गौतम सहित बालुवाटार पुगेका लामिछाने सहितको टोलीले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै जेनजी आन्दोलनका क्रममा उठेका मागहरू सम्बोधन गर्न आग्रह गरेको छ। साथै नेताहरूले संघीय निर्वाचनमा मतदान तथा उम्मेदवारीको उमेर हद घटाउन प्रक्रिया अगाडी बढाउन आग्रह गरेको छ।
भेटपछि सञ्चारकर्मीहरूलाई बालुवाटारमा प्रतिक्रिया दिँदै रास्वपाका नेता शिशिर खनालले सभापति लामिछानेले पुनः पार्टीको जिम्मेवारी सम्हालेको औपचारिक जानकारी गराउनु र निर्वाचनको वातावरण सुनिश्चित गर्नु रहेको बताए। उनले सरकार र जेनजी समूहबिच भएको सम्झौता कार्यान्वयन र युवाहरूको राजनीतिक सहभागिताबारे छलफल भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)