भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता
annapurnapost.com · Fri Sep 08 16:15:29 GMT 2023
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी-२० शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका अमेरिकी राष्ट्रपति बाइडेनसँग शुक्रबार साँझ मोदीले प्रधानमन्त्री कार्यालयमा द्विपक्षीय भेटवार्ता गरेका हुन्।
उनीहरूबीच भारत र अमेरिकाबीचको द्विपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको बीबीसीले जनाएको छ। दुई देशबीचको सम्बन्ध अझ मजबुद बनाउँदै लैजाने उनीहरूले प्रतिवद्धता जनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)