मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुल विजयी

ratopati.com

वोउट फेइसको दुई आत्मघाती गोलको मद्दतले लिभरपुलले सन् २०२२ को अन्तिम प्रिमियर लिग खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो ।

लेस्टरले खेलको चौथो मिनेटमा नै किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर खेलको ३८ औँ मिनेटमा फेइसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । पहिलो हाफको अन्त्यमा फेइसले पुनः अर्को आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)