डियाज चम्किँदा कोलम्बियाको विजयी सुरुआत
hamrokhelkud.com · Thu Jun 18 04:44:23 GMT 2026

डियाज चम्किँदा कोलम्बियाको विजयी सुरुआत
एजेन्सी – कोलम्बियाले विश्वकपमा पहिलो पटक खेलिरहेको उज्वेकिस्तानलाई ३-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा भएको खेलमा कोलम्बियाका लागि ड्यानियल मुनोज, लुइस डियाज र जामिन्टन काम्पाजले गोल गरे। उज्वेकिस्तानका लागि अब्बोसबेक फाइजुल्लायेभले एक गोल फर्काए।
कोलम्बियाले ४०औं मिनेटमा अग्रता लियो। लुइस डियाजको उत्कृष्ट पासमा ड्यानियल मुनोजले भलीमार्फत गोल गरे। पहिलो हाफमा डियाजको एक प्रहार पोस्टमा लागेको थियो।
६०औं मिनेटमा फाइजुल्लायेभले नजिकैबाट हेडर गोल गर्दै उज्वेकिस्तानलाई खेलमा फर्काए। तर पाँच मिनेटपछि नै डियाजले गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए।
खेलको अन्तिम समयमा उज्वेकिस्तान बराबरी गोलको खोजीमा थियो। ९०औं मिनेटमा अकमल मोज्गोभोयको प्रहार थोरैले बाहिरियो।
त्यसपछि इन्जुरी समयको नवौं मिनेटमा वैकल्पिक खेलाडी काम्पाजले हेडमार्फत गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे। उज्वेकिस्तानले अन्तिम क्षणमा क्रसबारमा प्रहार गरे पनि अर्को गोल गर्न सकेन।
सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको कोलम्बिया यस पटकको प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्न सफल भएको छ। यो जितसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा छ।
समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १-१ को बराबरी खेलेका थिए। अब उज्बेकिस्तानले पोर्चुगलसँग खेल्नेछ भने कोलम्बियाले डिआर कंगोसँग प्रतिस्पर्धा गर्नेछ।
Latest News
डियाज चम्किँदा कोलम्बियाको विजयी सुरुआत
June 18, 2026
घानासँग पानामा पराजित
June 18, 2026
केनको २ गोलमा इंग्ल्यान्डको विजयी सुरुआत
June 18, 2026
All Latest News
Popular News
डियाज चम्किँदा कोलम्बियाको विजयी सुरुआत
June 18, 2026
घानासँग पानामा पराजित
June 18, 2026
केनको २ गोलमा इंग्ल्यान्डको विजयी सुरुआत
June 18, 2026
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)