एन आई सी एशिया बैंकद्वारा भट्टेडाँडा, ललितपुरस्थित श्री सातकन्या आधारभुत विद्यालयमा सहयोग
ajakoartha.com · Thu Jun 18 05:15:00 GMT 2026

काठमाडौं- एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भट्टेडाँडा, ललितपुरस्थित श्री सातकन्या आधारभुत विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले विद्यार्थीहरुका लागि विद्यालय पोशाक प्रदान गरेको छ ।
हाल १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ ३ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द दाहाल र विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरेलाई संयुक्तरुपमा पोशाकहरु हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)