मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोलामा डुबेर १४ वर्षीया किशोरीको मृत्यु

shilapatra.com · Thu Jun 18 05:14:00 GMT 2026

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार चौनपा–९ देवधारकी आयुसा सदाको देवधार खोलाको दहमा डुबेर मृत्यु भएको हो ।

शवलाई बुधबार राति नै परीक्षणका लागि उदयपुर जिल्ला अस्पतालमा ल्याएर शवगृहमा राखिएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३

१०:५९

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)