नेत्रज्योति सङ्घद्वारा विपद् कोषमा एक करोड ४१ लाख सहयोग
gorkhapatraonline.com · Thu Sep 10 04:30:56 GMT 2026

नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ रुपियाँ सहयोग गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सङ्घका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गर्नुभयो । गैरनाफामुखी सो सामाजिक संस्थाको सञ्जालभित्रका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट ९९ लाख ७४ हजार ५०६ रुपियाँ र कर्मचारी तथा स्वयंसेवकबाट ४१ लाख ६६ हजार ६३५ रुपियाँ सङ्कलन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)