सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा
nepalviews.com · Mon May 25 09:51:20 GMT 2026

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा उच्च बेरुजु भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरणसम्बन्धी विषयमा छलफल गरिएको छ । बैठकमा मन्त्रालयका प्रतिनिधिहरूले आ–आफ्नो मन्त्रालयको बेरुजु अवस्था र फर्छ्योट प्रगतिबारे विवरण प्रस्तुत गरेका हुन् ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मन्त्रालयको कुल बेरुजु ४ अर्ब ५८ करोड रुपैयाँ रहेको जानकारी दिए । उनका अनुसार त्यसमध्ये मन्त्रालय विभाजन कार्यालयहरूको १ अर्ब ९८ करोड रुपैयाँ तथा समिति, कोष र प्रतिष्ठानतर्फ २ अर्ब ६० करोड रुपैयाँ बेरुजु रहेको छ । उनले मन्त्रालयतर्फ ६१.४३ प्रतिशत र मातहतका निकायतर्फ ३८.७७ प्रतिशत गरी कुल ८.५२ प्रतिशत बेरुजु फर्छ्योट भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)