प्रतिनिधि सभाका सांसदलाई ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी अभिमुखीकरण
nagariknews.nagariknetwork.com · Sat Jun 27 01:21:47 GMT 2026

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
सो कार्यक्रम यही असार १५ र १६ गते सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहलमा हुनेछ। सचिवालयअन्तर्गतको संसदीय प्रशिक्षण शाखाले शुक्रबार सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधिसभा सदस्यहरूलाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)