मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु
ekantipur.com · Sun Oct 13 16:27:18 UTC 2024
चितवन — मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा चितवन खैरहनीका एकजना युवाको मृत्यु भएको छ । आइतबार साँझ भएको उक्त दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।
चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका-१ का २१ वर्षीय दिपेश चौधरी रहेका छन् । दिपेशले चलाएको ना ५६ प ९१६९ नम्बरको स्कुटर आइतबार साँझ सवा ६ बजे पूर्व-पश्चिम राजमार्गको रत्ननगर नगरपालिका- ३ शान्तिचोकमा ना ४६ प ८२४८ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । ठक्करपछि गम्भीर घाइते भएका दिपेशको उपचारका क्रममा साँझ सवा ७ बजे भरतपुरको मनकामना अस्पतालमा मृत्यु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)