राम्दी नदीको पुल सुरक्षित
gorkhapatraonline.com · Thu Sep 10 04:37:59 GMT 2026

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदी रामनदी (राम्दी) मा निर्माण भएको देशकै पहिलो नमुना ‘टाइड आर्च’ पुल सुरक्षित देखिएको छ ।
पुल सेक्टर पोखराले निर्माण गरेको यो ‘कङक्रिट फिल स्टिल ट्युब आर्च ब्रिज’ को भारवाहन क्षमता परीक्षणमा सुरक्षित देखिएको हो । थाइल्यान्डका डिजाइनरले डिजाइन गरेको यो पुल चाइना तथा दुबईमा प्रशस्त रहे पनि नेपालमा बनेको पहिलो पुल हो । पुल सेक्टर पोखराले गरेको भारवाहन क्षमता परीक्षणमा पुल ३० एमएम मात्र लच्किएको पुल सेक्टरका प्रमुख प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उहाँले पुलको १४६ एमएम भारवाहन क्षमता रहेकोमा एकैचोटि २४० टनसम्म ओहोरदोहोर गर्न पुल पूर्ण रूपमा सुरक्षित देखिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)