प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा, न्यूनतम मूल्य कति ?
arthasansar.com · Thu Sep 10 04:35:26 GMT 2026

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ३१ हजार बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ३१ हजार ५८८ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २२५ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा योग्य व्यक्ति, कम्पनी, संघ संस्थाले आवेदन दिन सक्नेछन् । बोलपत्रका लागि आवेदन भदौ २५ गतेदेखि खुला भएको छ भने असोज २ गते कार्यालय समयभित्र आवेदन बुझाइ सक्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)