बक्स अफिसमा आक्रामक ‘छक्कापञ्जा ५’, चार दिनमा कति कमायो ?
onlinekhabar.com · Sun Oct 13 16:56:21 UTC 2024

काठमाडौं । ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइलाई निरन्तरता दिइरहेको छ । अकुपेन्सीको ट्रेन्ड र टिकटको मूल्य दरलाई पछ्याउँदा फिल्मले आइतबारसम्म देशब्यापी साढे ६ करोड हाराहारीमा कलेक्सन गरेको छ ।
वितरण स्रोतले आधिकारिक हिसाब आउन बाँकी रहेको जनाएको छ । विहिबार १ करोड ८२ लाख (काठमाडौंमा ९७ र मोफसलमा ८५ लाख), शुक्रबार १ करोड ८५ लाख (काठमाडौमा १ करोड र मोफसलमा ८२ लाख), शनिबार १ करोड १० लाख र चौंथो दिनमा फिल्मले झण्डै २ करोड कमाएको प्रक्षेपण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)