शुक्लागण्डकीमा सेवाग्राही सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना
hamrakura.com · Thu Jun 02 00:00:00 GMT 2022
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका कार्यालयले सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरेको छ । कार्यालयको पहिलो तलामा स्थापना गरिएको उक्त सेवा केन्द्रको आज नगरप्रमुख कृष्णराज पण्डितले उद्घाटन गरे ।
नवनिर्वाचित जनप्रतिनिधि निर्वाचित भएर आएपछि जनमुखी कार्यको थालनी गरिएको सो कार्यालयले जनाएको छ । नगरप्रमुख पण्डितले चुस्तदुरुस्त र मुस्कानसहितको सेवा प्रवाह गर्न, सेवाग्राहीको सेवामा एकरूपता ल्याउन र विना झन्झट सेवाग्राहीले सेवा लिन पाउने गरी सेवा केन्द्र स्थापना गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)