एमालेले माघदेखि चैत्रसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने
barnanmedia.com · Sun Dec 15 22:12:20 GMT 2024

नेपाल कम्युनिष्ट पार्टी एमाले को केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला छ बुँदे घोषणा गर्दै सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैत्रसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ । देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसङ्गठन र तोकिएका जनप्रतिनिधिसहित तीन सय जनाको सहभागितामा सम्पन्न भेलाले स्थानीय तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै जनतासँग जनसङ्गठन अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ । कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैत्र महिनाभित्रै विधिसम्मत र प्रक्रियासम्मत ढङ्गले सम्पन्न गर्ने सङ्कल्प गरेको छ । यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यलाई अनलाइनमा ल्याउने सङ्कल्प पनि बैठकले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)