असनमा खड्गजात्रा गरी मनाइयो दसैँ
makalukhabar.com · Sun Oct 13 18:01:48 UTC 2024

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन गरिने खड्गजात्रा आज असनमा निकालिएको छ । असनका तुलाधर समुदायले कुलपूजा साथै खड्ग जात्राको कार्यक्रम गरी दसैँ मनाएका हुन् । सो समुदायले त्यस आसपास क्षेत्रमा बाजागाजासहित परिक्रमा गरेका थिए ।
काठमाडौँ महानगरपालिका–२७ असनस्थित तुलाधर समुदायले आफ्नो कुल देवताको घरमा भेला भएर एकापसमा दसैँ मनाएका हुन् । सो समुदायले घटस्थापनाका दिन विधिविधानपूर्वक जमरा रोपेर विभिन्न देवी तथा देवताको पूजाआराधना गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)