कर्णाली किनारमा भेटिएको शव दुर्घटनामा बेपत्ता खड्काको भएको पुष्टि
baahrakhari.com · Thu Jul 09 15:22:39 GMT 2026

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–४, डङ्डगेस्थित कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । शव दैलेखको सांगेतडामा भएको दुर्घटनापछि बेपत्ता कालीकोटकी १८ वर्षीया सिर्जना खड्काको भएको पुष्टि भएको छ । उनको शव असार २३ गते कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, नदी किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । सिर्जनाका बुबा धनबहादुर खड्काले शव आफ्नो छोरीको भएको पुष्टि गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)