मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिचान जोगाउन होमस्टे सञ्चालन

barnanmedia.com · Mon May 25 10:10:32 GMT 2026

भजनी (कैलाली), ११ जेठः थारु समुदायको पहिचानसहितको कला, संस्कृति तथा मौलिकताको संरक्षण र प्रवर्द्धनका लागि कैलालीको जानकी गाउँपालिकाभित्र थारु होमस्टे सञ्चालन गर्न थालिएको छ । बढ्दै गएको आधुनिकताले नयाँ पुस्तामा पुरानो मौलिकता प्रती ध्यान जान छोडेपछि हराउँदै गएका पुराना कला र संस्कृतिलाई पुस्तान्तरण गर्नका लागि भए पनि होमस्टे सञ्चालनमा आउन थालेका हुन् ।

जानकी गाउँपालिका–६ मा जगतपुर होमस्टे सञ्चालनमा रहेको छ । त्यहाँ ७ वटा घरमा होमस्टे सञ्चालनमा रहेको होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष धनकुमारी चौधरी बताउनुहुन्छ । उहाँका अनुसार महिनामा दुई सय जनासम्म पर्यटक होमस्टेमा पुग्छन् । “यहाँका होमस्टे सञ्चालकले झण्डै ६० प्रकारका थारु परिकार तयार गर्न सक्छन्”, उहाँ भन्नुहुन्छ, “होमस्टेमा आएका पाहुनाको स्वागतमा थारु पहिचान झल्काउने प्रस्तुतिहरु पनि हुन्छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)