मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेष्ट कलरको आइपिओ बाँडफाँट सम्पन्न, ६५ हजार ५७० जनाले पाए १० कित्ता सेयर

arthadabali.com · Thu Jun 18 05:45:33 GMT 2026

काठमाडौँ / एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट असार ४ गते, बिहीबार सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल को कार्यालयमा गोलाप्रथा प्रक्रियामार्फत आइपिओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यका कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य रु. ६ करोड ५५ लाख ७० हजार बराबर रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)