मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण

rajdhanidaily.com · Mon May 25 10:24:40 GMT 2026

सिरहा । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–का १२५ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले स्वास्थ्य चौकी ढोडनामा आज एक कार्यक्रमका बीच उक्त सामग्री वितरण गगरेका छन् ।

नगरपालिकाले विगत चार वर्षदेखि प्रत्येक महिनामा फरक–फरक वडामा पुगेर यस्ता पोषण प्याकेज वितरण गर्दै आएको छ । पोषण प्याकेजमा चामल, दाल, नुन, तेल, चनालगायत खाद्यान्न सामग्रीका साथै वर्षायाममा लामखुट्टेको प्रकोप बढी हुने भएकाले डेङ्गीलगायत रोगबाट बच्न झुल समेत प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)